हि-क्याङबारीमा एकता समाजको स्थापना दिवस

IMG-20250913-WA0200

गेजिङ: गेजिङ जिल्लाको हि-क्याङबारीस्थित एकता समाजले १४औं स्थापना दिवस उत्साहपूर्वक मनायो। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू र सम्मान कार्यक्रमहरू सम्पन्न भएको थियो। कार्यक्रमका मुख्य अतिथि मानेबुङ–देन्ताम क्षेत्रका विधायक सुदेशकुमार सुब्बा रहेका थिए। उनले समाजको योगदान सराहना गरे। सो अवसरमा समाजमा उल्लेखनीय योगदान पुर्या उने विशिष्ट व्यक्तिहरुलाई सम्मानित गरियो। वक्ताहरूले एकता समाजले विगत १४ वर्षमा गरेको विकास र भावी कार्यनीतिबारे जानकारी गराए। कार्यक्रममा समाजका सभापति राम किशोर लिम्बूले समाजले गरेका गतिविधिबारे जानकारी गराए।

About Author

Advertisement