हावडा: अवैध हतियारसहित दुई जना पक्राउ

FB_IMG_1788595134524

हावडा: हावडा सिटी प्रहरीको डिटेक्टिभ डिपार्टमेन्टले अवैध हतियारविरुद्धको अभियानअन्तर्गत दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले २ सेप्टेम्बर २०२६ मा गोलाबारी थाना क्षेत्रको पञ्जाब लाइनस्थित २४/१ बस स्ट्यान्डनजिक छापा मारेको थियो।
छापाका क्रममा पुलिसले दुई संदिग्धलाई पक्राउ गरी उनीहरूको साथबाट तीन थान इम्प्रोभाइज्ड कन्ट्री–मेड सेमी–अटोमेटिक पेस्तोल, चारवटा म्यागजिन र १८ राउन्ड गोली बरामद गरेको जनाएको छ। बरामद सबै हतियार फलामबाट बनेका र करिब २० सेन्टिमिटर लामो रहेको प्रहरीको भनाइ छ। गोलीका परकसन क्यापमा ‘केएफ ७.६५’ लेखिएको पाइएको छ।
पक्राउ पर्नेमा ३८ वर्षीय मोहम्मद अहसान युसुफ र ४५ वर्षीय अबुल हसन उर्फ नाटा छन्। दुवै गोलाबारी क्षेत्रका बासिन्दा हुन्। घटनाबारे गोलाबारी थानामा विशेष मुद्दा दर्ता गरिएको छ। पुलिसले हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा सम्भावित अवैध हतियार गिरोहसँग उनीहरूको सम्बन्धबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

About Author

Advertisement