कालेबुङ: आज हाम्रो पार्टी ३९ नम्बर समष्टिको सभा सम्पन्न भयो। सभामा विशेष रूपले हाम्रो पार्टी केन्द्रीय प्रवक्ता एवंम कालेबुङ जिल्ला निर्माण कमिटी संयोजक श्याम गौतमको विशेष उपस्थिति रहेको थियो। सभाको मुख्य उद्देश्य ३९ नम्बर समष्टि समिति गठन विषयलाई लिएर गरिएको थियो। सभामा केन्द्रीय सदस्य टाशी भोटिया साथै जगदीश शर्माको पनि उपस्थिति रहेको थियो। सभामा व्यापक रूपमा चर्चा परिचर्चा वापत् प्रेम प्रधानलाई समष्टि अध्यक्षको रुपमा चयनित गरियो भने उपाध्यक्षको रुपमा गभी तामाङ, सपन खवास, बिनोद तामाङ समष्टि मूल सचिवको रुपमा चयनित गरियोl शमदन तामाङलाई सहसचिव, दातेम्बा शेर्पालाई कोशाध्यक्ष,सरोज थापालाई सभाले चयनित गरियो। उक्त सभाले मुख्य सल्लाहकारको रुपमा कुशांग भोटियालगायत २० जनाको कार्यकारणी सदस्य चयन गरिएको छ। सभाको सभापतित्वको भार कुशांग भोटियाले गरिएको थियो भने स्वागत सम्बोधन प्रेम प्रधान राखेका थिए।











