दार्जीलिङ: जनताले भोग्नु परेको समस्याको समाधान हेतु हाम्रो पार्टी राजनैतिक सङ्घर्षको लागि पूनः तयार रहेको पार्टी केन्द्रीय सङ्गठनिक सचिव विक्रमादि राईले बताएको छ। जीटीए सभाको चुनाउपछि हाम्रो पार्टीले खरसाङ महकुमा समितिको सभा डाकेको थियो।आयोजित सभामा पार्टीको केन्द्रीय सङ्गठनिक सचिव विक्रमादि राई विशेष रूपमा उपस्थित रहेका थिए।दुई घण्टा भन्दा लामो समयसम्म चलेको सभामा जीटीए चूनावमा पार्टीको पराजय,पहाडको बर्तमान राजनैतिक स्थिति, जन गुनासो, जन समस्या, पार्टीको सङ्गठनिक विषयहरूमाथि गहन चर्चा परिचर्चा भएको पार्टीको केन्द्रीय संगठनिक सचिव राईले बताए।

आजको सभामा समष्टिहरूमा संगठन विस्तार,गाउँ बस्ती आदि क्षेत्रहरूमा जनताले भोग्नु परिरहेको समस्याहरू, जन गुनासोहरूमाथि युद्व स्तरमा काम गर्ने प्रस्ताव ग्रहण गरेको जानकारी गराए। विशेष रूपमा जन गुनासो साथै जनताले भोग्नू परी रहेको एक एक समस्याहरूमाथि पार्टीले समाधानको मार्ग निकाल्ने दिशाहरूमा तीव्र गतिमा काम गर्ने निर्णय लिएको संगठनिक सचिव राईले बताए। पहाडको खरसाङ, कालेबुङ अनि मिरिक नगरपालिकाको चुनाउबारे सोधिएको प्रश्नको जवाफमा राईले स्पष्ट शब्दमा भने नगरपालिका चुनाउबारे अहिले अधिकारिक रूपमा कुनै घोषणा भएको छैन, त्यस कारण यसबारे पार्टीले अहिले नै कुनै कार्य सूचीहरू तयार गरेको छैन, जून दिन पालिका चूनावको अधिसूचना जारी हुन्छ त्यसपछि पार्टीले यसबारे निचित रूपमा कार्य सूची तयार गर्नेछ भन्ने राईले बताए। बर्तमान स्थितिमा पार्टीले संगठनिक विस्तार, जन गुनासो, जनताको समस्याहरूमाथि काम गर्ने निर्णय लिएको हाम्रो पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले बताए।











