लाक्पाटारदेखि दङगे जाने बाटोको खनन कार्य शुरू
दार्जीलिङ: हाम्रो पार्टीले रेलिङ कैजलेको लाक्पाटारबासीहरूलाई दिएको वचन गरयो पूरा। रेलिङ कैजले समष्टि अन्तर्गत लाक्पाटार साथै वरिपरि क्षेत्रका गाउँबासीहरू गाडीको बाटोको अभाव जिउदै आई रहेेको छ।विगत केही महिना अधि सम्पन्न भएको जीटीए सभा को चूनाव अधि हाम्रो पार्टीको सयोजक अनित सुब्बाले बाटो खनी दिने वचन दिएका थिए। जीटीए चूनावमा रेलिङ कैजले समष्टिमा हाम्रो पार्टीको हार भएता पनि पार्टी अध्यक्ष अजय एडवार्डसको सहयोगमा अनित सुब्बाले आफ्नो वचन पूरा गर्दै बाटोको खनन कार्य शुरू गरी दिएको छ। लोवर रेलिङ बखिम गाउँदेखि दङगे जाने बाटोको खनन कार्य तीव्र गतिमा चल्दै आई रहेको छ। बाटोेको खनन कार्यको शिलान्यास कार्यमा क्षेत्रमा समाज सेवी आईवी राई लगायत स्थानीय मानिसहरूको अपार उपस्थिति रहेको थियो। त्यसरी नै गाउँको पक्षबाट पदम गौतम, हाम्रो पार्टीको समष्टि संयोजक अनित सुब्बा आदिले पार्टी अध्यक्ष अजय एडवार्डसप्रति आभार जनाएको छ। यसै संदर्भमा गाउँको पक्षबाट बोल्दै पदम गौतमले ‘हामीले २००६ देखि हाम्रो क्षेत्रमा बाटो खनी दिने अनूरोध गर्दै आई रहेका थियौ तर हाम्रो अनुरोधलाई कसैले सुनी दिएको थिएन। गत जीटीए सभाको चूनाव अधि हाम्रो पार्टीको समष्टि संयोजक एंव पार्टी उम्मेद्वार अनित सुब्बाले बाटो खनी दिने वचन दिएका थिए। आज आएर उनले पार्टी अध्यक्ष अजय एडवार्डस माफ्र्त आफ्नो वचन पूरा गर्ने काम गरेको’ बताए। तिनले अधि भने ‘हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बाटोको खनन कार्यको निम्ति जेसीबी दिएको छ साथै अन्य मानुभावहरूले जेसीबीमा प्रयोग गरिने तेल प्रदान गरेको छ। बाटोको खनन कार्यको क्रममा धेरको जमीन हरू पर्न जान्छ ती जमीन दताहरूलाई पनि हामी आभार जनाउँछौ’ गौतमले भने।










