दार्जीलिङ: हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूको क्रम जारी नै छ। शहरको नेहरू रोड स्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको नीजि बास स्थानमा आज सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत मझुवा ग्राम पंचायत क्षेत्रको बतासे भीर गाउँ निवासी डी. के. राई, चन्द्रिका प्रधान लगायत अन्यले हाम्रो पार्टीमा सामेल भएको छ।पार्टी अध्यक्ष अजय एडवाडर्सले समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिए। यस अवधि सुकिया मानेभन्ज्याङ समष्टिको हाम्रो पार्टीको नेतृत्वहरूले पनि उपस्थित थिए। पहाडको ग्रामिण क्षेत्र हरूदेखि लिएर शहरीय क्षेत्रहरूसम्म अहिले हाम्रो पार्टी लाई समर्थन जनाउँनेहरूको ओइरो लागेको छ। हाम्रो पार्टी सत्तामा नहुदा पनि ग्रामिण क्षेत्रहरूमा चार सय भन्दा धेर बाटोहरूको खनन कार्य गरी सकेको छ। त्यति मात्र होइन गाउँ बस्ती, चिया बगान, सिन्कोना बगान आदि क्षेत्रहरूमा पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो गोजीको पैसा लगाएर समाज धर,गरीव परिवारहरूलाई धर, खेल मैदान,गरीव विधार्थीहरूलाई शिक्षाको ब्यवस्था, गरीव विमारीहरूको उपचार आदि जस्ता धेरै कार्यहरू गर्दै आई रहेको छ। हाम्रो पार्टीको यस्तो समाजिक कार्यहरू देखेर अहिले हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूको ओइरो लागेको हो।








