दार्जीलिङ: हाम्रो पार्टीले दिएको मान सम्मानदेखि म अति नै हर्षित छु भनी नगरपार्षद एंव पार्टीको वरिष्ठ कार्यकर्ता मणि लामाले बताएका छन्। दार्जिलिङ बजारको एक हलमा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भएको थियो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दार्जीलिङ नगरपालिकाको नगरपार्षद एंव पार्टी कार्यकर्ता मणि लामाले हाम्रो पार्टीले मलाई जुन मान सम्मान दिएको छ,यसप्रति अति नै आभारी छु, हाम्रो पार्टीले दिनु सक्ने भनेको नै मान सम्मान हो अनि म यसमा खुशी छु भनी बताएका छन्। उनले भने, ‘हिजसम्म हाम्रो पार्टीको ब्यानरमा रमाउने आज हाम्रो पार्टी छोडेर अन्य राजनैतिक पार्टीमा सामेल भएको छ अनि आज उनीहरूले नै हाम्रो पार्टीको विरोधमा बोल्ने गर्दैछ। तर साथी बोल्न पाए भन्दैमा जे आयो त्यौ बोल्ने काम नगर। आफ्नो मुखलाई लगाम लगाउने गर। झूठो प्रचार गरेर कसैलाई केही फाइदा हुने वाला छैन। हिज हाम्रो पार्टीको दार्जीलिङ नगरपालिकामा बोर्ड थियो तर आज छैन। हिज हामी सत्तामा हुँदा जो थियौं। आज सत्ता छैन। आज पनि हामी त्यही छौ,यो हामीलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दिएको संस्कार हो। दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड छँदा हामीले धेरै विकास मूलक कार्यहरू गरेका छौं। तर हामीले नि:स्वार्थ भावले गरेका थियौं। हामीमाथि भष्ट्रचारको आरोप लगाउनेहरूले यदि हामीले भष्ट्रचार गरेको प्रमाण मात्र दिन्छ भने मेरो मुखमा थुक्दा हुन्छ।’









