हात्तीले भत्कायो घर


कालचिनी – बक्सा जङअगलबाट आहारको खोजीमा शुक्रबार साँझ प्रायः ८ बजी भाटपाड़ा चियाबारीको टप लाईनमा पसेको एउटा जङ्गली हात्तीले स्थानीय गाउँले अनिमा तामाङको घर भत्काएको पीड़ित परिवार र गाउँलेहरूले जनाएका छन्।
अचानक जङ्गलबाट सोझै गाउँ पसेको उक्त एक्ले हात्तीले अनिमा तामाङको टिन र काठले बनेको घर भत्काउँदा अनिमा तामाङको जम्मै परिवार सदस्यहरू घरको झ्यालबाट हामफालेर भाग्दै ज्यान बचाउन सफल भएको थियो भने हात्तीले घरसितै रहेको पाकघरको ग्यास चुल्हा कुल्चिएर फुटाउँदै घरभित्र राखेको जम्मै रासन सामग्री खाईदिएको पीड़ित अनिमा तामाङले बताएकी छन्।
यत्रो हुँदा पनि बन विभागको कोही पनि निरीक्षण गर्न नआएको र यसरी सँधैजसो नै जङ्गली हात्तीको उत्पातले गाउँलेहरू सबै हैरान बनेको र बन विभागले यसप्रति कुनै चासो नराखेको केवल मान्छे मर्दा बनकर्मीहरू आउने गरेको गाउँले समाजसेवीहरू सञ्जय लामा र शक्ति लामाले गुनासो गरेका छन‌्।

About Author

Advertisement