हात्तीद्वारा एउटा दोकानसहित चारवटा घर क्षतिग्रस्त

elephabt-wild-india-AP_89912551632.webp

बानरहाट। हात्तीको हमलामा एउटा दोकानसहित चारवटा घर क्षतिग्रस्त भएको घटनाले क्षेत्रमा आतङ्क मच्चिएको छ। घटना बानरहाट थाना अवस्थित रहेको उपर केलाबाडी वस्तीको हो। स्थानीय मानिसहरूले बताएअनुसार हिजो राति आहारको खोजीमा डायना जङ्गलबाट एउटा हात्ती गाउँमा प्रवेश गर्दै सर्वप्रथम गोमा कोइरालाको दोकानलाई आंशिक क्षति गरेपश्चात लगातार रूपमा जङ्गे राई, राणा मगर, वासुकि मगर, शंकर वामनको घरलाई पनि आंशिक क्षति पुराएको थियो। यसको साथै गोमा कोइराला अनि राना मगर मकै खेती पनि नष्ट गरिदिएको थियो। गोमा कोइरालाले बताएअनुसार लगातार तीन दिनदेखि हात्तीको हमलामा दोकानसहित घरहरू क्षति भइरहेको छ बन विभागले यसको निम्ति क्षेत्रमा पहरा दिनुपर्ने तिनले माग गरेकी छिन्। यसैगरी राना मगरले भने, हिजराति हात्तीको उपद्रवले जसोतसो आफ्नो ज्यान बचाउन सफल बनेतापनि अन्नबाली भने सम्पूर्ण रूपमा नष्ट गरिदिएको छ। यो क्षेत्रमा एक हप्तादेखि लगातार रुपमा हात्तीले उपद्रव गर्दै आइरहेको छ बन विभागले कुनै पहल नगरेको कारण क्षेत्रका मानिसहरूले धेरै समस्या भोग्न परिरहेको उनले बताए । यता बन बिभाग सूत्रद्वारा प्राप्त जानकारीअनुसार यदि क्षतिग्रस्त भएका परिवारहरूले आवेदन गरे सरकारी नियमअनुसार तिनीहरूलाई क्षतिपूर्ति दिइनेछ।

About Author

Advertisement