सामाजिक सञ्जालमा एक क्लब डान्सरको कथा भाइरल भइरहेको छ, जसले गल्तीका कारण आफ्नो भाइको ब्याचलर पार्टीमा वयस्क डान्स गर्न पुगिन्। वास्तवमा वयस्क डान्सर केन्डरले आफूलाई पार्टीको लागि हायर गरेको बताउँछिन्। तर यो पार्टी अरु कसैले होइन उनकै भाइले आयोजना गरेको हो भन्ने उनलाई थाहा थिएन। केन्डरले काम गर्ने क्लबमा उनको भाइ विवाहअघि ब्याचलर पार्टीका लागि पुगेका थिए। यसबारे डान्सरले भिडियोमा बताएकी छिन्। जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। डेलीमेलका अनुसार उनले १५ मईमा टिकटकमा एक भिडियो पोस्ट गरिन्। यसलाई १० लाखभन्दा बढी पटक हेरिएको छ। भिडियो सेयर गर्दै केन्डरले लेखेकी छिन्, ‘म मेरो भाइको ब्याचलर पार्टीमा एडल्ट डान्स गर्न लागेको थिएँ। कार्यक्रम शुरु हुनु अघिसम्म मलाई यस बारे कुनै जानकारी थिएन। जसका कारण उनको परिवार लज्जित बनेको छ।’
केन्डरले यसअघि आफू स्ट्रिप क्लबमा काम गर्ने खुलासा गरिन्। केन्डरको बयानपछि टिकटकको बहस शुरु भयो। कतिपयले केन्डरलाई ट्रोल गर्न थाले। उता अर्को पक्षले उनको समर्थन देखाएको छ। एक प्रयोगकर्ताले लेखे, ‘म त्यहाँ भएको भए भाइका साथीहरूलाई देख्ने थिएँ।’ अर्काले लेखेका छन्, ‘यो यस्तो घटना हो जुन पहिले कहिल्यै भएको थिएन।’ केन्डरको समर्थनमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्ता ठाउँमा कति अँध्यारो हुन्छ तपाईलाई थाहा छैन? साथमा कतिपयले यसलाई कर्म भनेका छन्।’ उनीहरुको विश्वास छ कि बेहुलाले बिहेअघि वयस्क डान्सरलाई बोलाउनु ठीक नभएको हो।









