हात्तीको बच्चा उद्धार गर्ने पाँच जनालाई सम्मान ​

Screenshot_20260924_115132_Facebook

सिलगढी: ​तिस्ता नदीमा डुब्नै लागेको हात्तीको बच्चा (छावा) को ज्यान जोगाउने पाँच जना स्थानीय युवालाई सिलगढी पुलिस कमिसनरेटले सम्मान गरेको छ।​गएको असोज ५ गते (२१ सेप्टेम्बर २०२६) का दिन तिस्ता नदीको तीव्र बहावमा एउटा सानो छावा बगिरहेको अवस्थामा भेटिएको थियो। आफ्नो ज्यानको प्रवाह नगरी विश्वनाथ दास, बब्लु दास, मिठु दास, अजय दास र गोपाल दासले तत्कालै सानो डुङ्गा लिएर नदीमा पुगी उद्धार प्रयास सुरु गरेका थिए।

निकै मिहिनेतपछि उनीहरूले छावालाई डुङ्गामा उठाएर सकुशल उसकी आमा (हत्थिनी) को जिम्मा लगाएका थिए। ​उनीहरूको उक्त साहसिक र मानवीय कार्यको कदर गर्दै सिलगढी पुलिस कमिसनरेटका ट्राफिक उप-पुलिस आयुक्त काजी समसुद्दीन अहमद, सहायक पुलिस आयुक्त सुबीर दत्त, भोरेर आलो थानाका प्रभारी निरीक्षक सुदीप कुमार दत्त र गजलडोबा आउटपोस्टका प्रभारी अधिकारी रासबिहारी साहले एक कार्यक्रमका बिच उनीहरूलाई सम्मान पत्रसहित बधाई ज्ञापन गरेका छन्। ​पुलिस अधिकारीहरूका अनुसार आफ्नाे ज्यान जोखिममा राखेर बन्दै गरेको जीवन बचाउनु र वन्यजन्तुप्रति देखाएको यो करुणाले सम्पूर्ण समाजलाई नै प्रेरणा दिएको छ। उनीहरूको यो कार्यले ‘प्रत्येक जीवन अमूल्य छ’ भन्ने सन्देशलाई पुन: चरितार्थ गरेको छ।

About Author

Advertisement