हात्तीको झुण्डद्वारा श्रमिक आवास तोड़फोड़

7f6e2dc7-0fa9-4e23-a6f4-88c8b49a8515

कालचिनीः आइतबार राती बक्सा जंगलबाट गंगुटिया चियाबारीको चिञ्चुला आउट डिभिजन गोदाम लाईनमा पसेको एकहुल हात्तीले स्थानीय वृद्धा महिला असिता उराँवको घर भताभुङ्ग बनाएको घटना प्रकासमा आएको छ। मध्यराती गाउँभित्र पसेको गाउँमा अन्य कतै क्षति नपुऱ्याएता पनि वृद्धा महिला असिता उराँवको घर भने भताभुङ्ग बनाएपछि घरभित्र राखेको रासन सामग्री सबै खाई दिएको र भाँड़ा बर्तन सबै कच्याक-कुच्युक् बनाएको वृद्धा महिला असिता उराँवले बताइन्।
गाउँले युवा समाजसेवी बिकेन कामीले यस्तो गरीब अवस्थाको वृद्धा महिलाको घर सबै भताभुङ्ग बनाउँदा पनि बन विभागले कुनै निरीक्षण गर्न नआएकोमा दुखेसो पोखेका छन्। यता बन विभागले चिया कमानको क्षेत्रमा भएको क्षतिको बारेमा बन विभागले केही भन्न नसक्ने जनाएका छन्। यद्यपि घटनाको निरीक्षण गर्न बनकर्मीहरू गर्न जाने बन विभागले जनाएका छन्।

About Author

Advertisement