महेन्द्रनगर: कञ्चनपुरको बेलौरीमा हात्तीको बथान बस्तीभित्र पस्न थालेपछि स्थानीयमा त्रास बढेको छ।बेलौरी-लालझाडी क्षेत्रमा केहीदिनदेखि हात्तीको बथान देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको हो। हिजो राति हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिका-४ का ५० वर्षीय रामदल राना र बेलौरी-६ का २२ वर्षीय उमेश चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।









