हाइ पर्फमेन्स क्याम्प सकेर नेपाल फर्किँदै नेपाली टोली

F7uURncWoAAznOI.jpeg

काठमाडौं: भारतको नागपुरमा हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज सोमबार स्वदेश फर्कने भएको छ। टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली टोलीले भारतको नागपुरमा राजस्थान रोयल्सको एकेडेमीमा क्याम्प राखेको थियो। नेपालको टिम दिल्ली एयरपोर्ट हुँदै नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। नेपाली टोलीले कात्तिक १ गतेबाट हङकङ र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्नेछ ।कात्तिक १३ गतेबाट हुने एसियन क्षेत्र छनोट अघि नेपालले तयारी स्वरुप त्रिकोणात्मक सिरिज खेल्न लागेको हो।

About Author

Advertisement