हर घर स्वनिर्भर योजना अन्तर्गत सिङ्लामा ७-९ अप्रेल मौरी पालन प्रशिक्षण कार्यशाला

Screenshot_20230407_231502_Photos.jpg

सिङ्लाः गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको हर घर स्वनिर्भर योजना अन्तर्गत सिङला चियाबारीको सार्वजनिक भवनमा ३ दिने मौरी पालन प्रशिक्षण कार्यशाला आजदेखि शुरूवात गरियो। उक्त कार्यशालाको उद्घाटन जीटीएआर तथा डीसीएच हर्टिकल्चर बिभाग कालेबुङका जूनियर साइन्टिस्ट निसोन भुटियाको बाहुलीबाट रिबन काटेर गरियो भने मुख्य अतिथिहरूमा जीटीए जनसम्पर्क अधिकारी एस पी शर्मा, एमओडी डीआरडीसी अनुमोदित सभासद बिनिता खम्बू राई अनि सत्मार्ग विशेषज्ञ नवीन गुरूङको विशेष उपस्थिति रहेको थियो। मौरी पालनको तीन दिने कार्यशालाको प्रशिक्षक दिनेश थापा रहेका छन् भने २५ जना मौरी पालन गर्ने र यसबारे प्रशिक्षण लिन चाहनेहरूलाई उनले प्रशिक्षण दिइहेका छन्। उक्त कार्यशाला आजदेखि आउदो ९ अप्रेलसम्म चल्नेछ। उक्त कार्यशाला बिषयमा जूनियर साइन्टिस्ट निसोन भुटिया अनि विशेषज्ञ नवीन गुरूङले मीडिया समक्ष जानकारी गराएका छन्।

About Author

Advertisement