हर्षवर्धन श्रृंग्ला र अनित थापाको यो फोटो २०२२ को रहेको जानकारी

IMG-20260506-WA0083

पुरानो फोटोलाई देखाएर बदनाम गर्ने प्रयास गरिएको आरोप

खरसाङ: वर्तमान समयको राजनीतिक परिदृश्यमा राज्यसभा सांसद हर्षवर्धन श्रृंग्ला र जीटीए प्रमुख अनित थापाको पुरानो फोटोलाई देखाएर सामाजिक सञ्जालमा भ्रम फैलाएको र राज्यसभा सांसद हर्षबर्ध्दन श्रृंखलाको छबिलाई बदनाम गर्ने प्रयास गरिएको बताइएको छ‌।राज्यसभा सांसदको कार्यालयबाट एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालय सचिव अग्निता क्षेत्री भनिन्, “जे जे” नामक नक्कली फेसबुक प्रोफाइलमार्फत सांसदको छवि धमिल्याउने तथा बदनाम गर्ने उद्देश्यले झुट्टा र भ्रामक सूचना फैलाइएको छ। उक्त नक्कली पोस्टमा राज्यसभा सांसद हर्षवर्धन श्रृंग्ला र जीटीएका प्रमुख कार्यपाल अनित थापाबीच राजनीतिक विषयमा गोप्य बैठक भएको भनी झुट्टा दाबी गरिएको छ।’
उनले सांसदको कार्यालय यस प्रकारको कुनै पनि घटना वा बैठक भएको कुरालाई स्पष्ट रूपमा अस्वीकार गर्दछ भनी बताएकी छन्‌। उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ‘पोस्टमा प्रयोग गरिएको तस्वीर सन् २०२२ मा दार्जिलिङमा आयोजित जी-२० सम्बन्धी कार्यक्रममा हर्षवर्धन श्रृंग्ला र अनित थापाबीच भएको भेटघाटको फोटो हो।
यस्तो संवेदनशील समयमा बनावटी सामग्री प्रचार गर्नु अत्यन्त गैर जिम्मेवार कार्य हो र यसले जनतामाझ अन्योल तथा अविश्वास सिर्जना गर्ने उद्देश्य राखेको देखिन्छ। यस्तो भ्रामक सूचना फैलाउने अभियान निन्दनीय छ र यसको कडा शब्दमा भर्त्सना गरिनुपर्छ।’

About Author

Advertisement