खरसाङ: सन् १९८६ मा स्थापना भएको हरिजन कल्याण समितिकाे सम्पूर्ण समिति सदस्यगणकोे उपस्थितिमा सम्वर्ध्दना कार्यक्रम सम्पन्न भयो। समितिका वरिष्ठ सदस्य चन्द्रदेव राउतकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकोे सञ्चालन समितिका मूल सचिव संजय राउतले गर्दै विगत 40 वर्षदेखि समिति अनि समितिका सम्पूर्ण सदस्यहरूलाई सुचारु रूपमा दोहराउँदै आएका तीनजना वरिष्ट सदस्य क्रमशः रामु राउत, जगलाल राउत अनि राजकुमारी राउतलाई हरिजन समितिको इतिहासमा प्रथमपल्ट यसरी सम्मान जनाउँदै कार्यक्रम गरिरहेको जानकारी दिए। कार्यक्रमकाे प्रथम चरणमा बाबा साहेब डा भीमराव अम्बेडकरकोे फोटो फ्रेम अघि वरिष्ठ सदस्यहरुको बाहुलीबाट द्वीप प्रज्वलन अनि पुष्प अर्पन गरी जय भीमकोे नारासंगै कार्यक्रम आरम्भ गरियाे। कार्यक्रममा सदस्या सरिता बैनीले स्वागत भाषण राखेका थि। समिति भवनमामा आयोजीत कार्यक्रममा मसिना नानीहरूले नृत्य प्रस्तुत गरेका थिए। समारोहकोे दोस्रो चरणमा समितिका महिला सल्लाहकार सुनु राउत अनि उपस्थित अतिथि लक्की राउतकोे बाहुलीबाट प्रथममा राजकुमारी राउत द्वितीयमा पूर्व अध्यक्ष भोला राउत अनि उपाध्यक्ष कुमार हरीजनको बाहुलीबाट जगलाल राउतलाई अनि सभाध्यक्ष चन्द्रदेव राउत अनि गणेश राउतकोे बहुलीबाट रामु राउतलाई शल ओढाएर तथा समितिको तर्फबाट सम्मान पत्र समितिका मूल सचिवद्वारा पठन गरे पश्चात सुम्पेका छन्। यस सम्मान कार्यक्रममा वक्तव्य दिने क्रममा क्रमशः समिति अध्यक्ष विजय राउत, भोला राउत अनि रामु राउतले आ-आफ्नाे वक्तव्य राखे भने समिति सदस्यकोे तर्फबाट नृत्य प्रस्तुत गर्ने नानीहरूलाई प्रोत्साहन स्वरुप मायाकाे चिन्ह प्रदान गरियो।

सभााध्यक्षद्वारा सम्बोधन पनि गरिएको थियो। कार्यक्रममा समितिका सह सचिव समीर राउतले धन्यवाद ज्ञापन गरे। अन्त्यमा मूल सचिव संजय राउतद्वारा समितिद्वारा आउने दिनमा आयोजित हुने कार्यक्रमहरुको जानकारी दिएका थिए।









