नयाँ दिल्ली: हकी इण्डियाले अर्जेण्टिना यात्राको निम्ति २४ सदस्यीय भारतीय महिला हकी टीमको घोषणा गऱ्यो। अर्जेण्टिना यात्रामा भारतले १३-देखि १७ अप्रेलसम्म ब्यूनस आयर्समा ४ वटा म्याच खेल्नेछ। यस साल हुने एफआईएच हकी वर्ल्ड कप र एशियन गेम्सको तयारीहरूलाई ध्यानमा राखेर यस यात्रालाई महत्त्वपूर्ण मानिएको छ। अर्जेण्टिना यात्राको निम्ति चयन गरिएको टीममा अनुभवी र युवा खेलाड़ीहरूका असल मिश्रण रहेको छ। मुख्य प्रशिक्षक शोर्ड मारिनले टीमको चयन गर्दा सन्तुलनमाथि विशेष ध्यान दिएका छन्। यस यात्रामा खेलाड़ीहरूले तयारी गर्ने मात्र नभएर आफ्नो क्षमता देखाउने पनि मौका पाउनेछिन्। मीडफिल्डर सलिमा टेटेलाई टीमको कप्तान बनाइएको छ। सलिमालाई मैदानमा तेजी, बुद्धिमत्ता र आक्रामक खेलले गर्दा चिनिन्छ। उनको अगुवाईमा टीम मजबूत प्रदर्शन गर्ने लक्ष्य लिएर मैदानमा ओर्लिनेछ। फरवर्ड दीपिका टीममा फर्किएकी छन्। उनी चोटमुक्त भएर टीममा सामेल भएकी छन् अनि ड्र्याग फ्लिकरको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछिन्। यसरी अनुभवी गोलकीपर सविता पूनियाको उपस्थितिले टीमको मनोबल बढ़नेछ। गत टुर्नामेण्टमा उनको अनुपस्थितिमा बिचु देवीले असल प्रदर्शन गरेकी थिइन्, जसले टीममा स्वस्थ्य प्रतिस्पर्धा जारी रहेको छ। टीममा रुतुजा पिसाल, साक्षी राणा र इशिका जस्ता युवा खेलाड़ीहरूलाई पनि स्थान दिइएको छ। अर्जेण्टिना यात्रा यी खेलाड़ीहरूकी निम्ति आफ्नो क्षमता साबित गर्ने अनि टीममा स्थान पक्का गर्ने असल मौका हुनेछ। मुख्य प्रशिक्षक मारिन शोर्डले भने, यो यात्रा हाम्रो निम्ति महत्त्वपूर्ण हुनेछ। हामी धेरभन्दा धेर खेलाड़ीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिन चाहन्छौं अनि मजबूत टीमविरुद्ध आफूलाई जाँच्न चाहन्छौं। यस यात्रामा हामीले टीमको गहिराई बढ़ाउने अनि नयाँ कम्बिनेशन प्रयोग गर्ने मौका पाउनेछौं। अर्जेण्टिनाविरुद्ध चारैवटा म्याच भारतीय समयानुसार राति ७ः३० बजीदेखि खेलिनेछ।









