हकी इण्डियाको प्री-ओलम्पिक शिविरमा स्थान पाएनन् दिलप्रीत सिंहले

IMG-20240620-WA0270.jpg

नयाँ दिल्ली: प्री-ओलम्पिक शिविरको निम्ति हकी इण्डियाले बिहीवार २७ सम्भावित खेलाड़ीहरूका नामको घोषणा गऱ्यो। शिविर २१ जूनदेखि ८ जुलाईसम्म यहाँको साई केन्द्रमा आयोजन गरिनेछ। ओलम्पिकमा भारतसँग पूल बी-मा बेल्जियम, अर्जेण्टिना, न्यूजील्याण्ड, अष्ट्रेलिया र आयरल्याण्ड रहेको छ। टोक्यो खेलहरूमा काँस्य पदक विजेता टीमले २७ जुलाईमा न्यूजील्याण्ड विरुद्ध म्याचको साथ आफ्नो ओलम्पिक अभियान शुरु गर्नेछ। भारतीय टीम एफआईएच हकी प्रो लीगमा असल प्रदर्शनपछि स्वदेश फर्किएको छ। अहिले टीम १६ वटा म्याचमा २४ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ। प्री-ओलम्पिक शिविरको निम्ति कोर ग्रुपमा गोलकीपर कृष्ण बहादुर पाठक, पीआर श्रीजेश र सूरज करकेरा छन् जबकि डिफेण्डर हरमनप्रीत सिंह, जरमनप्रीत सिंह, अमित रोहिदास, जुगराज सिंह, सञ्जय र आमिर अली सामेल छन्। यसरी मीडफिल्डरहरूमा मनप्रीत सिंह, हार्दिक सिंह, विवेक सागर प्रसाद, सुमित, शमशेर सिंह, नीलकान्त शर्मा, राजकुमार पाल, विष्णुकान्त सिंह, आकाशदीप सिंह र मोहम्मद रबीन मौसीनलाई सामेल गरिएको छ। फरवर्ड खेलाड़ीहरूमा मनदीप सिंह, ललित कुमार उपाध्याय, अभिषेक, दिलप्रीत सिंह, सुखजीत सिंह, गुरजन्त सिंह, बबी सिंह धामी र अरिजीत सिंह हुण्डल सामेल छन्। स्ट्राईकर दिलप्रीत सिंहलाई चाहिँ टीममा स्थान प्राप्त भएन। भारतीय पुरुष हकी टीमका मुख्य प्रशिक्षक क्रेग फुल्टनले भने, हामी यस शिविरमा प्रशिक्षणको एउटा महत्त्वपूर्ण खण्ड शुरु गर्न चाहन्छौं। पेरिस ओलम्पिक २०२४ अघि खेलाड़ीहरू आफ्नो सर्वश्रेष्ठ फर्ममा रहेको हामीले सुनिश्चित गर्नु पर्नेछ। हामी आत्मविश्वासको साथ पेरिस जान चाहन्छौं अनि खेलाड़ीहरू शिविरको निम्ति उत्सुक छन्।

About Author

Advertisement