स्व.नन्दलाल नेपाल मेघावी पुरस्कार प्रदान

IMG_20220823_221410.jpg

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत आसाङथाङ सरकारी माध्यामिक विद्यालयमा आज प्रथम स्वर्गीय नन्दलाल नेपाल मेघावी पुरस्कार २०२१-२२ विद्यालयको दसौं श्रेणीबाट प्रथम हुने छात्रा सोनीया मंगरलाई नगद राशिसहित प्रदान गरिएको छ। उल्लेखनीय छ, उक्त पुरस्कार सो विद्यालय प्रबन्धन समितिका अध्यक्ष एवं मुर्धन्य साहित्यकार थीरूप्रसाद नेपालले आफ्ना बाबाको स्मरणमा नेपाल परिवारको पक्षबाट राखेका हुन्। कार्यक्रममा शिक्षा विभागका संयुक्त निर्देशक जीपी शर्मा मुख्य अतिथि रहेका थिए।साहित्यकार नेपालले आफ्नो सम्बोधनमा यस पुरस्कार हरेक वर्ष प्रदान गरिने बताए। यो पुरस्कार प्रदान गर्नुको उद्देश्य विद्यार्थीवर्गलाई शिक्षा विषय प्रोत्साहन गर्नु रहेको बताए। उनका बाबा स्वर्गीय नन्दलाल नेपाल, बलवीर मंगर, धनबहादुर पुलामी मंगर, कृष्णलाल दाहाल आदिले देउसी खेलेर १५ अगस्त, १९४७ मा यस विद्यालयको स्थापना गरेको जानकारी गराए। विद्यालय निर्माण गर्न स्वर्गीय चतुरमान तामाङले जमिन अनुदान दिएको पनि उनले उल्लेख गरे।यस्तै प्रकारले कार्यक्रममा संयुक्त निर्देशक जीपी शर्माले प्रत्येक वर्ष यस प्रकारको पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा नेपाल परिवारको प्रशंसा गर्दै विभागको तर्फबाट धन्यवाद दिए। उनले विद्यार्थीहरूसँग उत्प्रेणात्मक कुराहरू राख्दै आमा-बाबा र शिक्षक-शिक्षिकागणको आज्ञा पालन गरेर शिक्षामा ध्यान दिए जीवनमा सफलता हात लाग्ने बताए।
कार्यक्रममा विद्यालयका प्रधान अध्यापक सोनाम वाङ्चुक चिङगापाले विद्यालय परिवारको पक्षबाट नेपाल परिवारलाई धन्यवाद दिएका थिए।

About Author

Advertisement