अब सरकारको ट्रेड, टेक्नोलोजी र टूरिज्म ‘थ्री टीमाथि फोकसः पीयूष गोयल

णिज्य एवं उद्योग मन्त्री पीयूष गोयल

नयाँ दिल्ली: केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले यदि भारतलाई सय वर्षको उमेरमा एउटा विकसित राष्ट्र बनाउनु हो भने यसमा विदेशी व्यापारले महत्वपूर्ण भूमिका निभाउने छ भनी बताएका छन्। उनले अब सरकारको फोकस ट्रेड, टेक्नोलोजी र टूरिज्म थ्री टीमा रहेको बताए।

पीयूष गोयलले मङ्गलबार वाणिज्य सचिव बीवीआर सुब्रह्मण्यमसॅंग वाणिज्य विभागको पुनर्गठनमाथि रिपोर्ट विमोचन गरेपछि उक्त कुरा भने। आफ्नो सम्बोधनमा गोयलले भने, ‘गत केही वर्षदेखि सरकारको निर्यातमाथि विशेष ध्यान छ। निर्यातमा विशेष ध्यान सन् २०४७ सम्म भारतलाई एउटा विकसित देश बनाउन दिइएको हो। यदि भारतलाई सन् २०४७ सम्म एउटा विकसित राष्ट्र बनाउनु हो भने विदेशी व्यापारले एउटा महत्वपूर्ण भूमिका निभाउने छ। पहिलोपल्ट हामी ६७५ अर्ब डलरको निर्यात हासिल गर्न सफल बन्यौं। प्रधानमन्त्रीले अब विश्वभरिका सबै मिशनहरूलाई 3टी अर्थात ट्रेड, टेक्नोलोजी र टूरिज्ममा ध्यान केन्द्रित गर्न निर्देश दिएका छन्l’

About Author

Advertisement