स्वास्थ्य विभागका सचिवले गरे नाम्चीको राहत शिविरको निरीक्षण

IMG-20231007-WA0301.jpg

गान्तोक: राज्यका स्वास्थ्य एवम् परिवार कल्याण विभागका सचिव डा. एबी कार्की, चिफ मेडिकल अफिसर डा. एसएन अधिकारी लगायत अन्य अधिकारीहरूले आज नाम्ची जिल्ला अस्पताल लगायत त्यहाँ स्थापना गरिएको राहत शिविरको निरीक्षण गरे।

विशेष गरेर टोलीले नाम्फिङ प्रणामी मन्दिर, मल्ली सरकारी विद्यालय र मामरिङको भावना एकादमीमा स्थापना गरिएको राहत शिविरको निरीक्षण गर्दै त्यहाँ आश्रय लिएका प्रभावित परिवारसँग अन्तरक्रिया पनि गरे।

निरीक्षणको मणका क्रममा सचिव र चिकित्सक टोलीले शिविरमा उपस्थित स्वास्थ्य अधिकारीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको स्वास्थ्यबारे जानकारी लिए। सचिवले शिविरमा उद्धार गरेर राखिएका व्यक्तिहरूको हेरचाह गर्न विभागले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यसका साथै उनले स्वास्थ्यकर्मीहरूलाई शिविरमा रहेका मानिसहरूको स्वास्थ्य जाँचमा प्राथमिकता दिनु पर्ने आग्रह गरे।

यी अस्थायी राहत शिविरहरूमा सञ्चालन गरिएका केही गतिविधिहरू स्वास्थ्य परीक्षण, संक्रामक रोगहरूबारे परामर्श दिने, यसको रोकथाम र नियन्त्रणका उपायहरू, समग्र सरसफाइ, योग र व्यायाम बारे पनि परामर्श दिएको अवगत गराइएको छ।

About Author

Advertisement