स्वार्गीय सांसद सुब्बाको निधनप्रति पू्र्व विधायक परिसङ्घद्वारा शोक प्रकट गऱ्यो

IMG-20240628-WA0238

गान्तोक: भूतपूर्व सांसद पहलमान सुब्बाको निधनमाथि पू्र्व विधायक परिसङ्घ, सिक्किमले गहिरो शोक व्यक्त गरेको छ। सोही घटनालाई लिएर आज परिसङ्घको कार्यालयमा परिसङ्घका अध्यक्ष डी. बी. ठटालको अध्यक्षता बसेको शोक सभाले स्वर्गीय सुब्बाको निधनले सिक्किमलाई धेरै क्षति पुगेको र उनीबाट सिक्किमका युवा अनि राजनैतिक व्यक्तित्वहरूले धेरै सिक्नु पर्ने अध्यक्ष ठटालले शोक सभालाई सम्बोधन गर्दै स्वर्गीय सुब्बाको जिवनीबारे जानकारी गराए। परिसङ्घले स्वर्गीय सुब्बालाई आफ्नो २०औँ स्थापना दिवसको अवसरमा सम्मानित गर्न पाएकोमा सिक्किमको एक बौद्धिक र वरिष्ठ राजनीतिज्ञ सम्मान भएको भन्दै स्वर्गीय सुब्बाले राजनीतिमा मात्र नभएर राज्यलाई आफ्नो अनुभवका कृतिहरू दिएर गएको पनि स्मरण गराए। परिसङ्घले स्वर्गीय सुब्बाको आत्माले ईश्वरको सानिध्य प्राप्त गरोस् भन्ने प्रार्थना गर्दै शोकाकुल परिवार प्रति समवेदना व्यक्त गरेको छ।

About Author

Advertisement