स्वतन्त्रता दिवस समारोहको अवसरमा डायमन्ड क्लबद्वारा फुटबल टुर्नामेन्टको आयोजना

IMG-20220803-WA0114.jpg

गोरुबथान: प्रतिवर्ष झै यसवर्ष पनि माल बस्ती खेल मैदानमा डायमन्ड क्लबको आयोजनामा स्वतन्त्र दिवस मार्गको छेक पारेर फुटबल टुर्नामेन्ट खेलको आयोजना भइरहेको छ। स्वतन्त्रता दिवसको अवसरमा प्रतिवर्ष डायमन्ड क्लबले फुटबल टुर्नामेन्टको आयोजना गर्ने गरेको छ। यस वर्ष पनि आगमी ५ अगस्तदेखि शुरु हुने यस खेलको चुडान्त फाइनल खेल १६ अगस्तमा हुनेछ। प्रतिदिन ३ बजे उसो खेल हुनेछ। यस टुर्नामेन्टमा दुइवटा टिम गोरुबथान भित्रको छ भने अरु टिम सबै बाहिरबाट आउने जानकारी दिएका छन्। यसै टुर्नामेन्टको विषयमा सम्पुर्ण जानकारी गराउँदै डायमन्ड क्लबको तर्फबाट कुन्दन प्रधानले जानकारी दिएका छन्।

About Author

Advertisement