कोलकाता: श्रीमती उषा रमेशले नेशनल बैंक फर एग्रीकल्चर एण्ड रुरल डेभलपमेन्ट (नाबार्ड), पश्चिम बंगाल क्षेत्रीय कार्यालय, कोलकाताको प्रमुख महाप्रबन्धकको पदभार ग्रहण गरेकी छिन्। श्रीमती रमेश एक प्रत्यक्ष भर्ती अधिकारी हुन् जसले नाबार्डमा ग्रेड “ए” अफिसरको रूपमा सामेल भए र सन् १९८८ मा बैंगलोरबाट आफ्नो करियर शुरु गरेकी हुन्। उनीसँग विज्ञानमा स्नातक डिग्री र एमबीए डिग्री पनि रहेको छ। श्रीमती रमेशसँग विकास बैंकिङ, कृषि वित्त, कर्पोरेट योजना, संस्थागत विकास, पर्यवेक्षण, ग्रामीण विकास, ग्रामीण पूर्वाधार वित्त र वित्तीय समावेशमा ३४ वर्षको समृद्ध अनुभव छ अनि उनले बैंगलोर, हैदरावाद, चेन्नई, त्रिवेन्द्रम, मुम्बई-एचओ अनि विभिन्न क्षमताहरूमा काम गरेकी छन् भने कोलकातामा नाबार्ड आरओको जिम्मेवारी लिनु अघि गोवामा थिइन्।










