स्याटेलाइट फोनसहित बाघडुग्रा विमान अड्डाबाट एकजना मार्किन नागरिक पक्राउ

सिलगढी: बाघडुग्रा हवाई अड्डाबाट स्याटेलाइट फोनसहित एकजना मार्किन नागरिक पक्राउ परेको छ‌। पुलिसले पक्राउ गरेपछि आज सो व्यक्तिलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति थमस एस्रोहको रूपमा चिन्हित गरिएको छ। दिल्ली जान अघि बाघडुग्रा हवाई अड्डाबाट स्याटेलाइट फोन सहित उक्त व्यक्तिलाई पक्राउ गरेको हो। प्राप्त जानकारी अनुसार उक्त व्यक्ति हिजो सिक्किम हुँदै दिल्ली जाने उद्देश्यले बाघडुग्रा विमान अड्डामा आइपुगेका थिए। बाघडुग्रा विमान अड्डामा चेकिङ अवधि सीआईएसएफ-ले तिनको ब्यागबाट स्याटेलाइट फोन उद्धार गरेपछि उक्त व्यक्तिलाई पक्राउ गरेर बाघडुग्रा पुलिसलाई सुम्पिदिएको थियो। स्मरण रहोस्, गत १२ जनवरीमा मार्किन नागरिक थमस एस्रोह भारत आएका थिए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement