स्पेनिश ला लीगाः रियल म्याड्रिड च्याम्पियन बन्ने रेसमा कायम

IMG-20260504-WA0058

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा रियल म्याड्रिडले च्याम्पियन बन्ने सम्भावनाहरूलाई कायम राख्यो। आइतवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले एस्पानयोलविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। रियल म्याड्रिडको यस जीतले बार्सिलोनाको ला लीगा च्याम्पियन बन्ने प्रतीक्षा केही समयको निम्ति पछि सऱ्यो। यस अवे म्याचमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले गोलको निम्ति दोस्रो हाफसम्म प्रतीक्षा गर्नु पऱ्यो। चोटग्रस्त कीलियन एम्बाप्पेको अनुपस्थितिमा रियल म्याड्रिडको निम्ति असाधारण प्रदर्शन गर्दै विनिसियस जूनियरको दोस्रो हाफमा २ गोल गरी टीमलाई जीत दिलाए। उनले म्याचको ५५औं र ६६औं मिनटमा गोल गरे। यस जीतको साथ रियल म्याड्रिड ३४ वटा म्याचमा ७७ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो। बार्सिलोना ८८ पोइण्ट्सको साथमा शीर्ष स्थानमा कायम छ। यसरी ला लीगा च्याम्पियन बन्ने अब रियल म्याड्रिडले आफ्नो रहल चारैवटा म्याच जित्नु पर्नेछ अनि बार्सिलोनाको नतीजाहरूमाथि पनि नजर राख्नु पर्नेछ। यसबाहेक बार्सिलोनाले आउँदो हप्ता एल क्लासिको-मा रियल म्याड्रिडललाई पराजित गरे लगातार दोस्रोपल्ट खिताब जित्नेछ। ला लीगाका अन्य म्याचहरूमा रियल बेटिसले रियल ओविएदोलाई ३-०-ले, रायो भाल्लेकानोले गेटाफेलाई २-०-ले अनि सेल्टा विगोले एल्चेलाई ३-१-ले पराजित गऱ्यो।

About Author

Advertisement