स्पेनिश ला लीगाः रियल बेटिसविरुद्ध रियल म्याड्रिडको निराशाजनक ड्र

IMG-20260425-WA0050

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा च्याम्पियन बन्ने रेसमा सामेल रियल म्याड्रिडलाई ठूलो झट्का लाग्यो। शुक्रवार राति खेलिएको म्याचमा रियल म्याड्रिडलाई रियल बेटिसले १-१-को ड्र-मा रोक्यो। यस ड्र-ले रियल म्याड्रिड च्याम्पियन बन्ने रेसमा निक्कै पछाड़िन पुग्यो। यस अवे म्याचमा ४७ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले होम टीमबाट कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। रियल म्याड्रिडलाई म्याचको १७औं मिनटमा बढ़त हासिल भयो। विनिसियस जूनियरले रिबाउण्डमा आएको बलमा गोल गरी रियललाई बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। दोस्रो हाफको खेलमा दुई टीमबीच रोचक प्रतिस्पर्धा भयो अनि रियल लगभग अन्तिम क्षणसम्म पनि अघि रहेको थियो। यसबीच स्टपेज टाइमको चौथो मिनटमा हेक्टर बेलेरिनले फुर्तिको साथ गोल गरी रियल बेटिसलाई १-१-को बराबरीमा पुऱ्याए। म्याचमा रियल म्याड्रिडका गोलकीपर एण्ड्रिय लुनिनले केही असाधारण शेभ गरेर टीमलाई अधिक गोल खानदेखि बचाए। यस ड्र पछि रियल म्याड्रिड ३३ वटा म्याचमा ७४ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो तर शीर्षमा रहने बार्सिलोनासँग एउटा म्याच कम्ती खेलेर ८२ पोइण्ट्स रहेको छ। यसरी बार्सिलोनासँग अहिले ८ पोइण्ट्सको बढ़त रहेको छ। अब शनिवार गेटाफेविरुद्ध जीत हासिल गर्न सके बार्सिलोनाको बढ़त बढ़ेर ११ पोइण्ट्स पुग्नेछ। यसैकारण ला लीगाको जारी सीजनमा रियल म्याड्रिडको च्याम्पियन बन्ने सम्भावना एकदमै कम्ती रहेको छ। यसरी रियल बेटिस ५० पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ।

About Author

Advertisement