स्टेट बैंकको एक शाखामा लुटपाटको घटना

Owner-of-State-Bank-of-India-Wiki-Logo-profile.jpg

चुराचन्दपुर (मणिपुर): केही हथियारधारीहरुले चुराचन्दपुरका केके सालबुंगस्थित स्टेट बैंक शाखा लुटपाट गरेका छन्। यो घटना दिउँसो २ बजेतिर भएको विश्वसनीय स्रोतले जनाएको छ। करिब चार आक्रमणकारीहरू हतियार बोकेर बैंक परिसरमा प्रवेश गरेका थिए। लुटपाटका क्रममा एक राउण्ड गोली चलेको थियो भने करिब २० लाख रुपियाँ चोरी भएको अनुमान गरिएको छ। अधिकारीहरूले अहिले यस विषयमा अनुसन्धान गरिरहेका छन्।

About Author

Advertisement