‘स्टार्स अफ दि इस्ट २०२६’ बाट पैटन इन्टरनेसनलका अध्यक्ष एचपी बुधिया सम्मानित

IMG-20260805-WA0083

कोलकाता: पैटन इन्टरनेसनल लिमिटेडका अध्यक्ष एचपी बुधिया हुरुन इन्डियाद्वारा आयोजित ‘स्टार्स अफ दि इस्ट २०२६’ समारोहमा सम्मानित हुनुभएको छन्। उहाँलाई पश्चिम बङ्गाल सरकारका मुख्यसचिव एवं भारतीय प्रशासनिक सेवा (आईएएस) का वरिष्ठ अधिकारी मनोज अग्रवालले सम्मान पत्र प्रदान गर्नुभयो।
​समारोहमा बुधियालाई “भारतका लागि निर्माण गर्ने र यसै भूमिबाट उठेर क्षेत्रभित्र प्रभाव पार्दै आफ्नो विरासतलाई देशैभर फैलाउने एक नेतृत्वकर्ता” को रूपमा सम्मान गरिएको हो। हुरुन इन्डिया भारतमा उद्यमी, सम्पत्ति सिर्जना, नवप्रवर्तन, परोपकार र व्यवसायिक क्षेत्रको अध्ययन तथा सम्मान गर्ने अग्रणी अनुसन्धान संस्था हो।
​भारत सरकारबाट मान्यता प्राप्त स्टार एक्सपोर्ट हाउसको पहिचान बनाएको पैटन इन्टरनेसनलका पश्चिम बङ्गालमा आठ वटा अत्याधुनिक उत्पादन प्लान्टहरू रहेका छन्, जहाँ साढे तीन हजारभन्दा बढी मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्। कम्पनीले एबीबी, इटोन र इमर्सन जस्ता विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूका लागि ‘ग्लोबल भ्यालु चेन पार्टनर’को रूपमा काम गर्दै आएको छ।
​उच्च गुणस्तरीय इन्जिनियरिङ पार्टपुर्जा उत्पादन गर्ने पैटनका उत्पादनहरूलाई ‘अन्डरराइटर्स ल्याबोरेटरिज’ (यूएल) र ‘क्यानेडियन स्ट्यान्डर्ड एसोसिएसन’ (सीएसए) जस्ता अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड संस्थाहरूले प्रमाणीकरण गरेका छन्। उत्कृष्ट उत्पादन, उत्पादकत्व र निर्यात प्रवर्द्धनका लागि यो संस्थाले भारतका राष्ट्रपति तथा प्रधानमन्त्री दुवैबाट राष्ट्रिय निर्यात पुरस्कारसहित दर्जनाैँ प्रतिष्ठित सम्मान प्राप्त गरिसकेको छ।

About Author

Advertisement