स्कूल नेशनल गेम्स २०२५: मुस्कान तामाङले सिक्किमका लागि पहिलो पदक जितिन्

n69439528317666022526108e2af2ac8534510ec16aca84c7eadcb7309901149ce752c0f6a5684ca3947ac3

गान्ताेक: मध्य प्रदेशको इन्दोरमा सम्पन्न ६९औं स्कूल नेशनल गेम्स २०२५ बाट सिक्किमका कराटे खेलाडीहरू मंगलवार स्वदेश फर्किएका छन्। राज्यको खेलकुद एवं युवा मामिला विभागले हिजो रम्फूमा उनीहरूलाई स्वागत गरेको छ।
प्रतियोगिता १५–१९ डिसेम्बर, २०२५ सम्म चलेको थियो, जसमा सिक्किमका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। विशेषगरी सिक्किमकी मुस्कान तामाङले ४६ किलो वजन वर्ग (अण्डर १४ गर्ल्स) मा काँस्य पदक जितिन्। विभागको ब्यानरमा स्कूल नेशनल गेम्समा यो पहिलो पदक हो।
प्रतियोगितामा ३ जना अधिकारी र १४ जना खेलाडीको टोली पठाइएको थियो। यसअघि विभागले नोभेम्बर महिनामा स्कूल नेशनल गेम्स अन्तर्गत बक्सिङका लागि अरुणाचल प्रदेश पठाएको थियो। लामो समयपछि पहिलो राज्यस्तरीय स्कूल गेम्स आयोजना गरिएको थियो, जसको उद्देश्य स्कूल नेशनल गेम्सका लागि खेलाडीहरूको छनोट गर्नु रहेको थियो।
खेलाडीहरूको स्वागत कार्यक्रममा संयुक्त सचिव बिनम गुरुङ, संयुक्त निर्देशक (प्रशिक्षण) जिग्मी वाई. लेप्चा, बक्सिङ कोच अनोज प्रधान, ताइक्वाण्डो कोच बिजय गुरुङ, एथलेटिक कोच आरबी सुब्बा उपस्थित थिए। विभागले आगामी प्रतियोगिताका लागि खेलाडीहरूलाई अन्य खेल विधामा पनि पठाउने योजना बनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

Advertisement