स्कुटी दुर्घटनामा एक व्यक्तिको मृत्यु

deadbody.jpg

गान्तोक: रिनाक थाना क्षेत्रको एनएच ७१७ए अन्तर्गत लोअर तारपिनमा भएको स्कुटी दुर्घटनामा एक २५ वर्षीय तारेथाङ निवासी मिथुन विश्वकर्मकाे मृत्यु भएको छ।

पुलिस रिपोर्ट अनुसार, मिथुन विश्वकर्म स्कुटीमा रंगेलीबाट तारेथाङ फर्किरहेका थिए। रोड़ाथाङ पुल छेउ उनी दुर्घटनामा परे। उनका साथीहरूले उनलाई सिङताम जिल्ला अस्पताल पुऱ्याए, तर उनलाई बचाउन सकिएन। शवको पोस्टमार्टमपछि परिवारलाई सुम्पिएको छ।

About Author

Advertisement