सौरभ गांगुलीद्वारा युट्युबर विरुद्ध कारबाही

00-Saurabh-Ganguly-copy

कोलकाता: भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा बीसीसीआईका पूर्व अध्यक्ष सौरभ गांगुलीले कोलकाता पुलिसमा साइबर बुलिङ र मानहानिको गम्भीर उजुरी दिएका छन्। यस विषयमा जानकारी दिँदै उनका सचिवले भनेका छन् कि मृण्मय दास नामका व्यक्तिले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन्, जसमा गांगुलीविरुद्ध अपमानजनक भाषा प्रयोग गरिएको छ। एक वरिष्ठ पुलिस अधिकारीले भने कि गांगुलीका सचिवले मंगलबार राति कोलकाता पुलिसको साइबर विभागलाई यस विषयमा गुनासो गर्दै इमेल पठाएका थिए। इमेलसँगै उनले एउटा भिडियो लिंक पनि सेयर गरेका छन्, जसमा गांगुलीको अपमान गर्ने बयान दिइएको छ। पुलिस अधिकारीले भने कि उजुरीमा भनिएको छ कि यी टिप्पणीहरू सौरभ गांगुलीको प्रतिष्ठामा हानिकारक छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कोलकाता पुलिसले बुधबारबाट यस विषयमा अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement