सिक्किममा भेटियो १.५ बिलियन वर्ष पुरानो फोसिल

IMG-20240919-WA0356

गान्तोक: दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत माम्लेमा रहेको फोसिल पार्कमा १.५ बिलियन वर्ष पुरानो स्ट्रोमेटोलाइट जीवाश्म (फोसिल) फेला परेको दावी गरिएको छ। राज्य सरकारको खान एवं भूविज्ञान विभागले यो जीवाश्मको खोजी गरेको हो। यसको जानकारी स्वंय मुख्यमन्त्री प्रेमसिहं तामाङले सामाजिक सञ्जालमार्फत दिएका छन्। हामीलाई थाहा छ, यस पुरातन स्ट्रोमाटोलाइटहरूले पृथ्वीमा जीवनलाई आकार दिनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। यसले अक्सिजन, कार्बन र नाइट्रोजन जस्ता महत्त्वपूर्ण तत्वहरूको गठनमा योगदान पुर्‍याउँछ, मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमा लेखेका छन्।
उल्लेखनीय छ, कुनै समय पृथ्वीमा बस्ने अति प्राचीन जीवित जीवहरूका संरक्षित अवशेषहरू तथा चट्टानहरूमा तिनीहरूले छोडेका छापहरू, जुन पृथ्वीको सतहमा तथा चट्टानको तहहरूमा संरक्षित पाइन्छ-लाई जीवाश्म भनिन्छ। मुख्यमन्त्री तामाङले दावी गरेअनुसार नाम्चीको माम्ली फोलिस पार्कमा भेटाइएको यस स्ट्रोमेटोलाइट जीवाश्मसित मिल्दोजुल्दो जीवाश्मा क्यानडाको ओटावा नदी, अष्ट्रेलियाको शार्क खाडी र संयुक्त राज्य अमेरिकाको मोन्टाना पनि भेटिएको थियो जुन पृथ्वीको प्रारम्भिक जीवनको प्रमणहरू मध्ये एक हो।
मुख्यमन्त्री तामाङले राज्य सरकारले खान एवं भूविज्ञान विभागले माम्ले फोसिल पार्कलाई विश्वस्तरीय र अत्याधुनिक फोसिल थीन पार्कमा रुपान्तर गर्न प्रतिवद्ध रहेको बताएका छन्। यसको साथै सरकारले सिक्किम राज्यलाई नै भूविज्ञान र जीवाश्मविज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय महत्वको गन्तव्य बनाउने लक्ष्य रहेको पनि उनले थप बताएका छन्।

About Author

Advertisement