सोरेङकी अतिरिक्त जिल्लापालद्वारा चाइल्ड केयर होमको निरीक्षण

IMG-20241129-WA0235

सोरेङ: सोरेङ जिल्लाको जिल्ला निरीक्षण समितिलाई नेतृत्व गर्दै अतिरिक्त जिल्लापाल गौरी तामाङ, सीडीपीओ पिटर राई लगायत अन्य अधिकारीहरूले सोरेङ जिल्लामा सञ्चालित तीनवटा चाइल्ड केयर होमको निरीक्षण दुई दिनमा गरे। विशेष गरेर हिजोदेखि टोलीले शुरू गरेको निरीक्षण क्रममा डीसीपीओ टीएम शर्मा, कल्याण प्रभारी वर्षा छेत्री लगायत समवन्धित निकायका अधिकारीहरू पनि निरीक्षण टोलीमा सामेल रहेका थिए। निरीक्षणको मुख्य उद्देश्य बाल न्याय (बालबालिकाको हेरचाह र संरक्षण) ऐन, २०१५, र अन्य सान्दर्भिक नियमहरूको पालनाको सुनिश्चित गर्दै यी हेरचाह गृहहरूमा राखिएका बालबालिकाहरूको जीवन अवस्था, सुविधा र समग्र कल्याणको मूल्याङ्कन गर्नु रहेको थियो। निरीक्षणको क्रममा अतिरिक्त जिल्लापालले बालबालिका, कर्मचारी र व्यवस्थापनसँग उनीहरूको आवश्यकताहरूको मूल्याङ्कन गर्न र संस्थाहरूले भोग्न परिरहेको विभिन्न प्रकारको समस्यालाई समाधान गर्नु रहेको थियो।

About Author

Advertisement