सोभनदेव च्याटर्जीविरुद्ध बर्सिएको सांसद राजु बिष्ट  

00-Raju-Bista-3

सिलगढी: ‘उत्तर बङ्गालका गोर्खा अनि आदिवासी समुदायहरूको सन्दर्भमा टीएमसी मन्त्री सोभनदेव च्याटर्जीद्वारा गरिएको अपमानजनक टिप्पणी एकदमै असहनीय छ’, सांसद राजु बिष्टले यसो भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन्l गोर्खा, राजवंशी, आदिवासी, राभा, टोटो, कोचे, मेचे  अनि अन्य अल्पसंख्यक समुदायहरू यी भूमिका मुलनिवासी हुन् र दार्जीलिङ पहाड़, तराई र डुवर्सको अभिन्न अंग रहेको उनले बताएका छन्l विज्ञप्तिमा उनले यसो भनेका छन्, ‘हामी सबै यस क्षेत्रलाई १९५४ को अब्जर्ड एरिया एक्टअन्तर्गत पश्चिम बङ्गालमा समाहित गरिनु भन्दा धेरै अघि देखि नै यहाँका थियौं भन्ने कुरा मन्त्री र तृणमूलले बिर्सेका छन् जस्तो मलाई लाग्दैछl उनले, उत्तर बङ्गालका अन्यान्य समुदायलाई होँच्याउने, भेदभाव गर्ने अभद्र प्रदर्शन गरेका छन्। यस्तो मानसिकता, व्यवहार र टिप्पणीविरुद्ध म कड़ा विरोध जनाउँदछु, अनि माननीय मुख्यमन्त्री ममता ब्यानर्जीसँग मन्त्री सोभनदेवलाई तुरुन्तै क्षमा-याचना गर्न लगाउन, अनि उनलाई पश्चिम बङ्गाल क्याबिनेटबाट तुरुन्तै निष्कासित गर्न आग्रह गर्दछु। यस्ता नस्लवादी व्यक्तिहरूका लागि लोकतान्त्रिक व्यवस्थामा कुनै स्थान छैनl गोर्खाहरूलाई विदेशी अनि आदिवासीहरूलाई प्रवासी भन्ने कसैलाई पनि हामीले सहने छैनौँl’

About Author

Advertisement