सोनिया प्रधान बनिन् मिस युनिभर्स सिक्किम २०२४

IMG-20240810-WA0249

गान्तोक: रानीपुलकी सोनिया प्रधान मिस युनिभर्स सिक्किम २०२४ बनेकी छन्। हिजो राजधानीको मनन केन्द्रमा पोजिट्यूड सिक्किमद्वारा आयोजित प्रतियोगितामा अन्य प्रतियोगीहरूलाई पछि पार्दै उनले यो उपाधी जितेकी हुन्। रङ्गपुकी अनाभी वानिया पहिलो उपविजेता अनि योडेनला भोटिया दोस्रो उपविजेता बनेकी छन्।
कार्यक्रममा सिक्किम सरकारका पर्यटन मन्त्री छिरिङ थेण्डुप भोटिया मुख्य अतिथि रहेका थिए भने रिञ्चेनपोङ्गका विधायक इरुङ तेञ्जिङ्ग लेप्चा विशिष्ट अतिथि रहेका थिए। प्रतिस्पर्धाका निर्णायक मण्डलीका सदस्यहरूमा पुलिस अधिकारी अक्षय सचदेवा, अम्जद खाना, निशी भारद्वाज, डिकी फेन्पु र देविचा गम्भीर रहेका थिए।

About Author

Advertisement