सोनाम लोछारको शुभ अवसरमा मुख्यमन्त्रीकाे हार्दिक बधाई एवं शुभकामना

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ सोनाम लोछारको शुभ अवसर सिक्किमवासीहरू, विशेषरूपमा तामाङ समुदायलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा सोनाम लोछारले तामाङ नयॉं वर्षको शुरूवातलाई दर्साउॅंछ भनी बताएका छन्। सोनाम लोछारको चाडले सर्वश्क्तिमानमाथि हाम्रो विश्वासलाई पुष्टि गर्दछ। उनले भनेका छन्, हामी सर्वशक्तिमानको पूजा गर्छौ र सबैको सुरक्षाको निम्ति प्रार्थना गर्छौ। मुख्यमन्त्रीले सबैको सुस्वास्थ्य एवं समृद्धिको कामना गर्दै आगामी वर्ष सबैका लागि सफल रहने तथा महान अवसरहरू लिएर आउने छन् भनी आशा व्यक्त गरेका छन्।

About Author

Advertisement