सोनादा क्षेत्रमा जम्मा ३७७ जनाले दिए माध्यमिक परीक्षा

IMG-20240202-WA0242.jpg

सोनादा: शुक्रबारदेखि माध्यमिक परीक्षा शुरु भएको छ भने सोनादा क्षेत्रमा यसपाली माध्यमिक परीक्षा दिनेहरूको संख्या जम्मा ३७७ जना रहेको जानकारी प्राप्त भएको छ। सोनादा क्षेत्रमा मुख्य परीक्षा केन्द्रको रूपमा सोनादा उच्चत्तर माध्यमिक विद्यालय रहेको छ भने अन्य केन्द्रहरूमा होली क्रस गर्ल्स उच्चत्तर माध्यमिक विद्यालय र सन्त जोभियर्स उच्चत्तर माध्यमिक विद्यालय दिलाराम पनि रहेका छन्। सोनादा क्षेत्रबाट यसपाली माध्यमिक परीक्षा दिने विद्यार्थीहरूको संख्या जम्मा ३७७ जना रहेको जसमा केटाहरू १३० र केटीहरू २४७ जना सामेल छन्। सोनादा क्षेत्रको परीक्षा केन्द्रहरूमा पनि जाड़ोबाट जोगाउनलाई साथै जाड़ोमा पनि परीक्षा लेख्नलाई सबै परीक्षा केन्द्रहरूमा हिटर जड़ान गरिएको सोनादा सेन्टरको सचिव दिपेन्द्र मुखियाले जानकारी दिएका छन्। उनले बताए अनुसार सोनादा क्षेत्रमा पहिलो दिनको माध्यमिक परीक्षामा कोही पनि अनुपस्थित रहेनन् अनि सबै ३७७ जनाले परीक्षा दिएका छन्।

About Author

Advertisement