सोनादामा हाम्रो पार्टीको चुनाव कार्यालय उदघाटन

HP-Sonada

सोनादा: जीटीए चुनावको लागि हाम्रो पार्टीको तर्फबाट सोनादा पचेङ समष्टीको प्रार्थी सुरक्षा शर्माको लागि चुनाव कार्यालय उदघाटन गरिएको छ। सोनादाको सरस्वती डाँड़ामा हाम्रो पार्टीको चुनाव कार्यालय उदघाटन हाम्रो पार्टी सोनादाको सभापति प्रेम दावा तामाङ र सचिव अभिषेक राई अनि सोनादा पचेङ समष्टिको प्रार्थी सुरक्षा शर्माको विशेष उपस्थितिमा गरिएको छ। सोनादामा हाम्रो पार्टीको चुनाव कार्यालय उदघाटन गरेपछि हाम्रो पार्टी सोनादाको सभापति प्रेम दावा तामाङले पत्रकारहरूसित कुराकानी गर्दै सोमबार सोनादामा हाम्रो पार्टीको चुनाव कार्यालय उदघाटन गरिएको जानकारी दिएका छन्। उनले हाम्रो पार्टीको तर्फबाट सोनादा पचेङ समष्टीको प्रार्थी सुरक्षा शर्माको लागि यहाँको सरस्वती डाँड़ामा चुनाव कार्यालय उदघाटन गरिएको बताउँदै हामी सोनादालाई राम्रो बनाउन कार्य गर्ने योजना रहेको बताएका छन्। उनले हामीलाई सोनादालाई राम्रो बनाउन पार्टी अध्यक्ष अजय एडवर्डले मौका दिएकोले हामी सोनादालाई राम्रो बनाउन कार्य गर्ने बताएका छन्। उनले विगतका राजनैतिक दलहरू र नेताहरूले राम्रो काम नगरेको कारणले नै हामी आम जनता अघि आउनु परेको बताए। सोनादाको हाम्रो पार्टीको सभापति प्रेम दावा तामाङले हामीलाई जीटीए चाहिएको होइन तर चौकी खाली भएकोले हामी पनि प्रतिस्पर्धा गरिरहेको र विस्तारै जीटीएबाट नै गोर्खाल्याण्डको लागि कार्य गर्ने बताएका छन्।

About Author

Advertisement