सोनादामा सेफ ड्राइभ सेभ लाइभ लगायत अन्य विभिन्न विषयहरुमा सचेतना कार्यक्रम

IMG-20260321-WA0091

सोनादा: सोनादाको होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयमा सेफ ड्राइभ सेभ लाइभ कार्यक्रम आयोजना गरिएको छ। उक्त सचेतना कार्यक्रम सोनादा ट्राफिक पुलिस र सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयमा सफलतापूर्वक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रममा ड्रग्स सचेतना, साईबर क्राइम, बाल विवाह विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस सचेतना कार्यक्रममा सोनादा ट्राफिक पुलिस प्रभारी सबीन दर्नालले आफ्नो सम्बोधनमा सेफ ड्राइभ सेभ लाइभ विषयमा र ट्राफिक नियमहरु विषयमा सचेतना गराएका छन्। कार्यक्रममा बाल विवाहमा विषयमा एलएसआई पुनम राईले विस्तृत सचेतना गराएकी थिइन्।

कार्यक्रममा सोनादा पुलिस आउट पोष्टको प्रभारी विवेक छेत्रीले साईबर सुरक्षा विषयमा सचेतना गराएका थिए। कार्यक्रममा ड्रग्सको प्रयोग खतरा रहेको र यसको रोगथाम विषयमा अतिथि स्रोत व्यक्ताको रुपमा सिलगढीबाट आएका रेवन थापाले विद्यार्थीहरुलाई ड्रग्सको सेवनले हुने हानी र यस विषयमाथि सचेतना गराएका थिए।‌ यस कार्यक्रममा शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु, अभिभावकहरु र स्थानीयहरु उपस्थित रहेका थिए‌। कार्यक्रममा डकुमेन्ट्री भिडियो पनि प्रदर्शन गरिएको थियो।

यो कार्यक्रम दुईवटा सत्रमा आयोजना गरिएको थियो। यस अन्तर्गत आठौँ, नवौं र दशौं श्रेणीसम्मका विद्यार्थीहरु, अभिभावकहरु अनि दोस्रो सत्रमा पाँचौं, छैटौँ र सातौँ श्रेणीसम्मको विद्यार्थीहरु र अभिभावकहरूलाई लिएर आयोजना गरिएको थियो। यस अन्तर्गत विद्यार्थीहरुलाई लिएर अन्तर्क्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो।

About Author

Advertisement