गान्ताेक: सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङ को अध्यक्षतामा आज टिस्टा लाउन्जमा सेवक–रम्फू रेलवे लाइनको सञ्चालन तयारीको समीक्षा बैठक सम्पन्न भयो। बैठकमा राज्य सरकारका वरिष्ठ अधिकारीहरू र उत्तरपूर्वी सीमान्त रेलवेका प्रतिनिधिहरू उपस्थित थिए।
बैठकमा दिसम्बर २०२७ मा सञ्चालन सुरु हुने अपेक्षा गरिएको रेलवे लाइनको तयारीको मूल्याङ्कन गरियो। छलफलका क्रममा यातायात विभागका विशेष सचिव एमडी भोटिया ले परियोजनाको वर्तमान स्थिति प्रस्तुत गरे। बैठकमा रेलवे सेवाको सहज र कुशल शुभारम्भ सुनिश्चित गर्न राज्य विभागहरू र रेलवे अधिकारीहरूबीच घनिष्ठ समन्वय आवश्यक रहेको विषयमा छलफल भयो।
सुरक्षा व्यवस्था, यातायात सेवाहरूको एकीकरण र सञ्चालनको प्रस्तावित शुरुवात अघि प्रशासनिक तयारीबारे पनि बैठकमा चर्चा गरिएको थियो।
बैठकमा गृह विभागका सचिव तेन्जिङ टी काल्योन, यातायात विभागका महाप्रबन्धक डुक्पा शेर्पाख र उत्तरपूर्वी सीमान्त रेलवेका प्रमुख कार्यकारी अधिकृत हितेन्द्र गोयल लगायत अन्य अधिकारीहरू उपस्थित थिए।










