सेरि एः एसी मिलानको लगातार तेस्रो जीत

IMG-20230902-WA0155.jpg

२ सेप्टेम्बरः इटालियन सेरि ए फूटबलको नयाँ सीजनमा एसी मिलानले असाधारण शुरुवात गर्दै लगातार तेस्रो जीत हासिल गऱ्यो। शुक्रवार राति खेलिएको म्याचमा एसी मिलानले रोमालाई २-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलानको टीमले म्याचको लगभग आधा घण्टा केवल दशजना खेलाड़ीको साथ खेल्नु पऱ्यो कारण डिफेण्डर फिकायो तोमोरीलाई ६१औं मिनटमा रेड कार्ड देखाइयो।

म्याचमा एसी मिलानको शुरुवात असल रह्यो अनि अनुभवी ओलिभिएर गिरोडले पेनल्टीबाट गोल गरी नवौं मिनटमै आफ्नो टीमलाई बढ़त दिलाए। त्यसपछि राफाएल लिएओले ४८औं मिनटमा एसी मिलानलाई अझ एक गोल दिलाए। रोमाको तर्फबाट लिओनार्डो स्पिनाज्जोलाले स्टपेज टाइममा एक गोल गरे। यस जीतको साथै एसी मिलान ३ वटा म्याचमा ९ पोइण्ट्सको साथ सेरि ए टेबलको शीर्षमा पुग्यो। लीगको अन्य एउटा म्याचमा सासुओलोले भेरोनालाई ३-१-ले पराजित गऱ्यो।

About Author

Advertisement