सृजनात्मक वैचारिक मञ्च रुम्तेकको ३३औं भेटघाट एवं कवि गोष्ठी सम्पन्न

IMG_20220619_225412.jpg

गान्तोक। सृजनात्मक वैचारिक मञ्च रुम्तेकको ३३औं भेटघाट एवं कवि गोष्ठी आइतवार स्थानीय दुई माईल रुम्तेक हरिकुमार निरौलाको निवासमा पर्शुराम नेउपानेको अध्यक्षतामा सम्पन्न भयो। कवि प्रेम नेउपाने प्रहरद्वारा सञ्चालित यस कार्यक्रममा रुम्तेक, गान्तोक तथा पश्चिम सिक्किम गेलिङदेखी कविहरूको उपस्थिति रहेको थियो।

हरिकुमार निरौलाको स्वागत भाषणबाट शुरु गरिएको यो कार्यक्रम अविरल कविता वाचन, कथा वाचन, गजल वाचन भएको थियो। उपस्थित कवि कवियत्रीहरूमा जीवनकुमार छेत्री, इन्द्रकला दाहाल, शान्तिराम पोख्रेल, महेन्द्र राई, लाक्पाडोमा भोटिया, हरिभक्त पौड्याल, जीविका अश्रु, चन्द्रप्रकाश नेपाल, शिवप्रसाद न्यौपाने, पर्शुराम नेउपाने, हरिकुमार निरौला, प्रेम नेउपाने प्रहर आदिद्वारा कविता, गजल र कथा वाचन गरियो। यस अवसरमा अशोक दर्जीद्वारा नृत्य प्रस्तुत गरियो भने कमल घिमिरे, तुलसी पौड्याल, रमेश नेउपाने, कुमार शर्मा आदि साहित्यानुरागीहरूको पनि उपस्थिती रहेको थियो।

कार्यक्रममा सृजनात्मक वैचारिक मञ्चद्वारा सञ्चालित सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारणमा अंशग्रहण गरी रचना वाचन गर्ने अतिथिहरूलाई विशेष प्रशंसा पत्रद्वारा सम्मान पनि जनाइएको थियो। आजको कार्यक्रममा प्रशंसा पत्र जीविका अश्रु, इन्द्रकला दाहाल, शिवप्रसाद न्यौपाने, पर्शुराम नेउपाने, हरिकुमार निरौला, हरिभक्त पौड्याल, र जीवनकुमार छेत्रीलाई प्रदान गरियो।

अध्यक्षले आफ्नो मन्तव्यमा आजको कार्यक्रम भव्य र वृहत रुपमा सम्पन्न भएको बताए। उनले उपस्थित सबैलाई धन्यवाद दिए। यस अतिरिक्त उनले संस्थाको अस्तित्वलाई बचाइराख्न अर्थ आवश्यक पर्ने हुनाले यसका निमित्त सबैलाई आजीवन सदस्यता र वार्षिक सदस्यताका लागि आह्वान पनि गरे।

सृजनात्मक वैचारिक मञ्चको आगामी कार्यक्रम १३ जुलाई भानुजयन्तीको दिन भव्यरुपमा मनाउनु सचिव प्रेम नेउपाने प्रहरले बताए।

About Author

Advertisement