खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको तत्वधानमा आयोजित सांगठानिक सभामा खरसाङ महकुमा समिति अध्यक्षको रुपमा सुमन बम्जनलाई चयन गरिएको छ। यसको साथै खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानलाई केन्द्रिय समिति उपाध्यक्ष पदमा नियुक्त गरिएको छ। सुवास प्रधानले आजसम्म भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिलाई नेतृत्व गरिरहेका थिए भने उनलाई केन्द्रीय समितिको उपाध्यक्षमा नियुक्त गरिएपछि खरसाङ महकुमा समितिको अध्यक्षको पदमा सोनादा निवासी एंव पञ्चायत समिति सदस्य सुमन बम्जनलाई जिम्मेवारी दिइएको छ। अब सुमन बम्जनले खरसाङ महकुमा समितिमा सभापतिको पदलाई अघि बढाउने भएको छ। खरसाङ महकुमा समितिको सभापति एको रुपमा सुमन बम्जनलाई चयन गरिएकोमा खरसाङ महकुमा समितिको पक्षबाट शुभकामना व्यक्त गर्दै एक योग्य र सक्षम व्यक्तिको हातमा बागडोर सुम्पिएकोले संगठन दुइ गुणा सुदृढ हुने पार्टीले आशा व्यक्त गरेका छन्। भूतपूर्व अध्यक्ष सुवास प्रधान साथै नवनियुक्त अध्यक्ष सुमन बम्जनलाई समस्त खरसाङ महकुमा समितिको पक्षबाट प्रवक्ता अनुप रामुदामुले शुभकामना व्यक्त गरेका छन्। यसको साथै यसै सभामा बिवेक सार्की, सन्दिप सार्कीलाई युवा शक्तिको केन्द्रीय कार्यकारिणी सदस्यमा चयन गरिएको छ। खरसाङ महकुमा समितिको नयाँ चयन भएका पदाधिकारीहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा, महासचिव अमर लामा, युवा शक्तिको खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरूङ र नारी शक्तिका केन्द्रीय अध्यक्षा अनु छेत्री आदिको बाहुलीबाट खदार्पणसहित नियुक्ति पत्र प्रदान गरिएको छ।











