गान्तोक :आज सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामांगले आफनो फेसबुक मा लेखे पीएम श्री सर टाशी नामग्याल सिनियर सेकेन्डरी स्कुलका विद्यार्थी खेलाडीहरूसँग आफ्नो सरकारी निवासमा भेटघाट गरेको छु। उनले अगाडि लेख्छन टोलीको नेतृत्व प्रशिक्षक श्री फ्रान्सिस गुरुङ र व्यवस्थापक श्री प्रेम छेत्रीले गरिरहेका छन्।
उक्त युवा फुटबल टोली भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित सुब्रतो अन्तर्राष्ट्रिय कप (यू–१७) मा सहभागी हुन प्रस्थान गर्दैछ। भेटका क्रममा मैले सम्पूर्ण टोलीलाई प्रतियोगिताका लागि हार्दिक शुभकामना दिँदै आत्मविश्वास, अनुशासन र दृढ संकल्पका साथ मैदानमा उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गरेँ।
उनले फेसबुक मार्फ़त राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगितामा सिक्किमको प्रतिनिधित्व गर्न पाउनु राज्यका लागि गर्वको विषय रहेको भन्दै युवा खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गरेर सिक्किमको नाम उज्ज्वल बनाउने विश्वास व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना तथा सुखद र स्मरणीय यात्राका लागि सम्पूर्ण टोलीलाई शुभेच्छा व्यक्त गर्दछु भमे ।





