सुप्रिम कोर्टको स्थगन भएपनि सीबीआईले अभिषेक ब्यानर्जीलाई नोटिस पठायो

Abhishek-Banerjee-14.jpg

कोलकाता: केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीलाई सोधपुछको निम्ति नोटिस पठायो।उनलाई मंगलवार बिहान निजाम पेलेस स्थित केन्द्रिय एजेन्सीको अफिसमा सोधपुछको निम्ति आउनलाई भनिएको छ। सुप्रिम कोर्टले आज नै कलकत्ता हाईकोर्टको त्यस फसेलामा रोक लगाएको छ, जसमा केन्द्रिय एजेन्सीलाई अभिषेक ब्यानर्जीसित सोधपुछको अनुमति दिइएको थियो। सीबीआई सूत्रहरू अनुसार, आज दिउँसो लगभग १.३० बजी ई-मेल मार्फत यो नोटिस पठाइएको छ। यसमा अभिषेक ब्यानर्जीलाई १८ अप्रेलमा केन्द्रिय एजेन्सीको कोलकाता अफिसमा सोधपुछको निम्ति बोलाइएको छ। वस्तुतः कलकत्ता हाईकोर्ट १३अप्रेलमा सीबीआई र ईडीलाई अभिषेक ब्यानर्जीसित सोधपुछको अनुमति दिएको थियो। हाईकोर्टको यस फसेलालाई अभिषेक ब्यानर्जीले सुप्रिम कोर्टमा चुनौती दिएका थिए। यसमा सुप्रिम कोर्टले आज नै कलकत्ता हाईकोर्टको यस फसेलामा रोक लगाएर २४ अप्रेलमा मामिलाको आगामी सुनवाईको निम्ति मिति तय गरेको छ।

About Author

Advertisement