सुपरिचित शमशेर अलि नयाँ कथा संग्रह “द लास्ट डान्स” लोकार्पित

IMG-20250118-WA0212

कालेबुङ: कालेबुङको प्रसिद्ध पुस्तक पसल उपासक एण्ड सन्स सूर्य उपासक पुस्तक पसलमा सुपरिचित साहित्यकार शमसेर अलिको नयाँ कथा संग्रह “द लास्ट डान्स” को लोकार्पण गरियो। यो लोकार्पण नयाँ प्रकारले गरिएको हुनाले कुनै मुख्य अतिथि राखिएको थिएन साथै सर्जकको खादामाला पनि थिएन। कृतिमाथि पनि कुनै विश्लेषण वा विमर्श पनि राखिएको थिएन। कारण पाठक आफै पढेर विश्लेषण गर्छ भन्ने वा विमर्श गर्छ भन्ने कृतिकार शमसेर अलिको भनाइ थियो। लामो लामो सम्भाषण र एउटा हलमा दिनभरि बसेर कार्यक्रमलाई समय दिनुपर्ने व्यवस्था पनि थिएन। पाठकहरू दिनभरि जुनै समय लिएर भए पनि यस लोकार्पण कार्यक्रममा गएर आफ्नो पुस्तक ग्रहण गर्दै आआफ्नो उपस्थिति दिए। पुस्तक पसलमा राखिएका सम्पूर्ण पुस्तकहरू पाठकहरूले किनेर लगे। पुस्तक नपाउनुको अभावमा धेरैले खल्लोपन महसुस गरे। चाँडै नै सबै पुस्तक पसलहरूमा अलिका पुस्तक पठाउने प्रवाधान गरेका छन्। समशेर अलि चिकित्साधीन रहेका हुनाल्रे हाल कोलकतामा छन्। उनीबाटै उहाँको नौलो कृति “द लास्ट डान्स ” कालेबुङमा पठाएर लोकार्पण गरिएको हो। उनले आफ्नो उपस्थिति दिन नसके पनि पाठकहरूले समाजिक सञ्जालमा वा फोनमार्फत बधाई जनाए। कालेबुङका साहित्यकारहरू र कुन्का पाठकहरू दिनभरि नै लोकार्पण कार्यक्रममा आएर कार्यक्रमलाई सफल बनाए। एकै दिनमा सम्पूर्ण पुस्तक बिक्री भएको एउटा नयाँ रेकर्ड पुस्तक पसलका मालिक सूर्य उपासकले बताएका छन्।

About Author

Advertisement