सुन तस्करीको आरोपमा एक जना पक्राउ

IMG-20241122-WA0242


सिलगढी:
केन्द्रीय राजस्व गुप्तचर विभागका अधिकारीहरूले सुन तस्करीको आरोपमा एक जनालाई .पक्राउ गरेको छl पक्रा परेका व्यक्तिई सुन  तस्करी गिरोहको मुख्य रहेको आरोप छl विभाग स्रोतका अनुसार पक्राउ पर्नेको नाम हरेकृष्ण साह रहेको छ। पक्राउ परेका व्यक्ति मैनागढीका बासिन्दा हुन्। उल्लेखनीय छ, २२ अक्टोबरमा जलपाईगढी राष्ट्रिय राजमार्ग नम्बर २७ मा सुन तस्करीको आरोपमा गौरव कुमार साहा नामक व्यक्तिलाई पक्राउ गरिएको थियो। केन्द्रीय राजस्व गुप्तचर विभागका अधिकारीहरूले अभियुक्तहरूबाट सुनका १९ वटा बिस्कुट बरामद गरेका छन्l  जसको अनुमानित बजार मूल्य १ करोड ७२ लाख ५७ हजार ९६६ रुपियाँ रहेको छ। त्यसपछि अभियुक्तलाई हिरासतमा लिएर सोधपुछ गर्दा उनले सप्लायर हरेकृष्ण साहको नाम खुलाएका थिए। सुन तस्करी गिरोहमा संलग्न अर्का व्यक्तिको नाम बाहिर आएको छ। त्यसपछि आरोपीको खोजी शुरु भयो। अन्ततः, बिहीबार राति केन्द्रीय राजस्व अधिकारीहरूले आरोपीलाई सिलगढीबाट पक्राउ गर्न सफल भएl विभागका अधिकारीहरूले शुक्रबार सिलगढी महाकुमा अदालतमा अभियुक्तलाई हिरासतमा राख्न अनुरोध गरे। यस घटनामा संलग्न थप अन्यको खोजी शुरु गरेको पुलिसको भनाइ छ।

About Author

Advertisement