सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः शिक्षा संघ हाई स्कूल विजयी

photocollage_202371616345387.jpg

१६ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा शिक्षा संघ हाई स्कूलले आफ्नो म्याच जित्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा आइतवार खेलिएको म्याचमा शिक्षा संघ हाई स्कूलले ल्याण्ड रिफर्म इलेभेनलाई ३-१-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट अनिश राईले २ गोल गरे। यसबाहेक प्रतीक राईले १ गोल गरे। यसरी ल्याण्ड रिफर्म इलेभेनबाट तेञ्जिंगङले १ गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा छेडुप यल्मो रहेका थिए। यसरी नै रेमण्ड तामाङ र जीवन छेत्री सहायक रेफरी थिए। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement